२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आव्हान गरेकाे आमहड्तालको विरोधमा फेसबुक ग्रुप मेन्स रूम रिलोडेड (एमआरआर) का युवाहरु चक्रपथ परिक्रमा गरेका छन् । बिहीबार एमआरआरका युवाहरुले मोटरसाइकल र्‍याली गर्दै चक्रपथ परिक्रमा गरेका हुन् ।

May be an image of one or more people, outdoors and text that says 'P नेपाल बन्द हैन तपाईहरुको नौटंकी चाहिँ बन्द गर्नुहोस्। नेपाली C'

बन्दलाई बन्द गराैँ भन्दै युवाहरुले आम हड्तालको विरोध गरेका हुन् । प्रचण्ड-माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा बिहान ९ बजेसम्म करीब २० प्रतिशत मात्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेका थिए । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार सवारी साधन अवरोध गर्न खोज्न करिब ८० जना पक्राउ परेका छन् ।

May be an image of 3 people, people standing, people walking and road

राजधानी बाहिर हेटौंडा, नारायणगढ, विराटनगरलगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको समाखुशीमा ट्याक्सीमा आगजनी भएको थियो ।

उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेका छन् । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

May be an image of one or more people, motorcycle and outdoors

May be an image of 2 people, people standing, motorcycle and road

May be an image of 2 people, people standing, motorcycle and outdoors

May be an image of 2 people, motorcycle and outdoors

May be an image of 1 person, motorcycle and outdoors

May be an image of 1 person, standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!