
उर्लाबारी, २२ माघ । मोरङमा द्वन्द्वकालमा गाडेकाे १८५ राउन्ड गोली भेटिएकाे छ । उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारमा खेतमा गाडेको १८५ राउन्ड गोली फेला परेको हो । स्थानीय दलबहादुर लिम्बूको खेतबारीमा भक्तबहादुर सुवेदीले खन्ने क्रममा सो गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार कालो रङको प्लास्टिकको पोका गाडिएको ७.६२ एमएमका गोली फेला परेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा सो गोली द्वन्द्वकालमा माओवादी लडाकुको टोलीले गाडेको खुलेको छ । प्रहरीका अनुसार गोलीमा खियासमेत लागेको छ ।