२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २२ माघ । झापाको बिर्तामोड नगरपालिका–२ लालमाटीमा रहेको कुर्मुरे उद्योगमा आगलागी हुँदा ९ करोड बढीको क्षति भएको छ । गएराति ११ बजेतिर विद्युत सर्ट भई त्यहाँ अचानक आगलागी भएको थियो ।

आगलागीबाट ९ करोड ३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो उद्योग १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक, मेचीनगर र पानीट्यांकीका गरी ५ वटा दमकल परिचालन गरिएको थियो ।

आगो नियन्त्रणभन्दा बाहिर गइसकेकाले ठूलो क्षति भएको बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!