
धरान, २२ माघ । धरानमा प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । प्रचण्ड माधव समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो ।
बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनले पछिल्लो समय अवस्था सामान्य रहेको जानकारी दिए ।
धरानमा नै सार्वजनिक बसमा ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार सुनसरीमा लामा र छोटा दुरीका सवारी सञ्चालनमा आएका छैनन् । बजार पसल भने छिटफुट रुपमा खुलेका छन् । कलकारखाना, स्कुल कलेज बन्द छन् ।