२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) मुलुकभर प्रदर्शन गरिरहेको छ । आमहड्तालमा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । यस्तैमा आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् ।

May be an image of 15 people, people standing, people sitting and outdoors

 

प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । त्यसबाहेक प्रचण्डले पुल्चोकको आमहड्तालमा दालमोट चिउरा खाँदै सहभागिता जनाएका थिए ।

May be an image of 11 people, people standing and outdoors

प्रचण्ड सडकमा निस्किएपछि कार्यकर्ताले ‘आदेश देऊ प्रचण्ड, हामी लड्न तयार छौँ’ भन्ने नारा लगाएका छन् । प्रचण्ड–माधवका कार्यकर्ताले ‘गणतन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद, संविधानको रक्षा गरौं, प्रतिनिधिसभा सुचारू गर , निरङ्कुर तन्त्र चाहिँदैन, जनताको एकता जिन्दावाद’ भन्दै नारा लगाएका छन् ।

May be an image of 6 people, people walking, people standing and outdoors

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी उक्त पार्टीका स्थायी कमिटी सदस्य हितमान शाक्य, नेतृ अमृता थापा मगरलगायत पक्राउ परिसकेका छन् ।

May be an image of 8 people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!