२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ माघ । प्रजातान्त्रिक सरकारलाई सत्ताच्युत गरेको म्यानमारका सैन्य शासकले सामाजिक सञ्जाल फेसबुक चलाउन निषेध गरेको छ । सैन्य शासकले भने ‘स्थिरता’का लागि उक्त कदम चालिएको जनाएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुकको पहुँच फेब्रुअरी सातसम्मका लागि निषेध गरिएको जनाएको छ । म्यानमारको कुल जनसंख्याको करिब पचास प्रतिशत एक करोड तीस लाख ब्यक्तिको पहुँच फेसबुकमा छ । आन्दोलनरत अधिकारवादीहरुले फेसबुकमा पेज सञ्चालन गरी आफ्नो कार्यक्रम तय गरेर साझा गर्दै आएका छन् ।

फेसबुकले भने पेज पहुँचमा आएको अवरोधबारे जानकारी पाएको र परिवार एवम् मित्रजनसँग सम्पर्कका लागि महत्वपूर्ण माध्यम बनेको फेसबुक पूर्ववत् सञ्चालनका लागि प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!