२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ माघ । महिलामाथि गालीगलाैच गरी दुर्व्यवहार गरेकाे आरोपमा नेपाल टेलिकमका सहायक अधिकृत नारायण कटवाल पक्राउ परेका छन् । विराटनगर–५ घर भएका ५३ वर्षीय कटुवाललाई महिलामाथि दुरव्यवहार गरेको आरोपमा आइतबार राति पक्राउ गरेको हो ।

प्रहरीले टेलिकमको विराटनगर कार्यालयमा कार्यरत कटुवालाई गए राति उनकै घरबाट पक्राउ गरेकाे हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आइतबार दिउँसाे आफन्तले पठाएको पैसा आइएमइबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले ती महिलामाथि अश्लील गालीगलौज गर्दै सार्वजनिकस्थलमा दुर्व्यवहार गरेका थियो ।

ती महिलाले साँझ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार कटुवालले यसअघि पनि महिलामाथि विभिन्न गालीगलौज र दुर्व्यवहार गर्ने गरेको पाइएको छ । बारम्बार घटना दोहोरिन थालेपछि महिलाले प्रहरीमा उनीविरुद्ध उजुरी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!