२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २६ माघ । मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा आगो लगाएको बताएका छन् । सोमबार सुनसरीको देवानगञ्जमा आयोजित देशको समसामयिक राजनीतिक एवं संसद् विघटन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पहाडीले प्रधानमन्त्री ओलीले संसद् विघटनसँगै संविधान र आफ्नै दलमा आगो लगाएका बताएका हुन् ।

उनले भने, ‘ओलीले आफ्नै दलमा आगो लगाउनुभयो, संसदमा आगो लगाउनुभयो र संविधानमा पनि आगो लगाएर देशलाई अस्तव्यस्त बनाउनुभयो । अब उहाँले धेरै कुरामा आगो लगाउन बाँकी छ । संसद विघटनले जनताको अधिकार जोखिममा परेका छन् ।’

यसैगरी पहाडीले ओली जनताद्वारा निर्वाचित नभएको बताउँदै भने, ‘तपाईँहरूले यस क्षेत्रबाट सीताराम मेहतालाई भोट हाल्नुभएको हो । खड्गप्रसादलाई होइन, विद्यादेवी भण्डारीलाई होइन । त्यो पद्दती छैन । तपाईँले सांसदलाई भोट हाल्नुभयो । जनतामा सार्वभौम सत्ताको अधिकार छ ।’ पहाडीले जनता विवेकशून्य नभएको उल्लेख गर्दै जनता विवेकशील भएको बताए ।

रेडियो नागरिकका अध्यक्ष अरबिन्द मेहताको अध्यक्षतामा सम्पन्न सो अन्तर्क्रिया कार्यक्रममा सुनसरी क्षेत्र नं २ का विघठित प्रतिनिधिसभा सदस्य सीताराम मेहता, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष पुनितादेवी यादव, शान्ति समाजका सभापति उत्तम पुडासैनीलगायतको उपस्थिति थियो ।

ARVE Error: Mode: lazyload not available (ARVE Pro not active?), switching to normal mode

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!