२०८२ चैत्र ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
झापा, २७ माघ ।  चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् ।
पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो ।
१३ लाखभन्दा धेरै रकम बरामद
पक्राउ परेका बि.क.को साथबाट तीन लाख छपन्न हजार सात सय दश रुपैयाँ, उनको घरकोठामा रहेको दराज भित्रवाट दुई लाख आठ हजार दुई सय रपैयाँ र पौडलीको घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख तीस हजार तीन सय पाँच रुपैयाँ गरी जम्मा  तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र रुपैयाँ नगद बरामद भएको छ ।
ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!