काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने भएका छन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न आज उनी निर्वाचन आयोग जाँदै छन् ।
नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि आयोगले बोलाएको थियो । जसमा पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल समूह आयोग पुगेकाे थियो । तर, प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।
ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग जान लागेका हुन् ।




