२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ माघ । मंगलबार बिहानै ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ : ३५ बजे भूकम्प गएको हो ।

चीनसँगको सिमाना ओलाङचुङगोलामा गएकाे भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए ।

ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!