२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २७ माघ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशकका शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खाली थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!