काठमाडाैँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । ओली आज मध्यान्ह ११:५० बजे आयोग पुगेका हुन् ।
निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न आज उनी निर्वाचन आयोग पुगेका हुन् । वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग पुगेकाे बताइएकाे छ ।
नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि आयोगले बोलाएको थियो । जसमा पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल समूह आयोग पुगेकाे थियो । तर, प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।




