२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २८ माघ । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएकाे छ । बराहक्षेत्र नगरपालिका-५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-४ का ३९ वर्षीय महेन्द्र साह रहेका छन् ।  राति साँढे ७ बजेको समयमा प्रदेश १- ०२-०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री साहलाई ठक्कर दिएकाे थियो ।

ठक्करबाट घाइते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!