काठमाडौं, २९ माघ । देशका उच्चव्यक्तित्व प्रति अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारीलाई प्रहरीले पक्राउ गरेको छ । सो कुराको जानकारी काठमाडौ महानगरीय प्रहरी परिसर अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले गराए । उनलाई शंखमुलबाट पक्राउ गरिएको थापाले बताए ।
उनका अनुसार झाँक्रीलाई प्रहरीले महानगरीय अपराध महाशाखा लागेको छ । आज दिउँसो आफ्नै निवासबाट गिरफ्तारी दिएकी झाँक्रीलाई महाशाखा लगिएको हो ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेपछि कार्यकर्ताले नाराबाजी गर्दै अवरोध गरेका थिए । झाँक्रीले पक्राउ पूर्जी मागेकी थिइन् । प्रहरी बिहान १० बजे उनको निवास पुगेको थियो । अहिले अपराध महाशाखा बाहिर पनि प्रचण्ड–माधव पक्षका कार्यकर्ताले झाँक्रीको गिरफ्तारीविरुद्ध नारावाजी गरिरहेका छन् ।




