२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, २९ माघ । देशका उच्चव्यक्तित्व प्रति अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ महानगरीय प्रहरी परिसर अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार झाँक्रीलाई शंखमुलबाट पक्राउ गरिएको हो ।

झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सर्वत्र विरोध भइरहेकाे छ । यस्तैमा कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!