२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २९ माघ । डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने बताएका हुन् ।

केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

उनले चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्न पनि माग गरेका छन् । माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन् । उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ । अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको छ । अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद विघटन उहाँहरुले बदर गर्नुहुनेछ । ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्‍या गर्ने उनी हत्यारा हुन्’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!