२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, २९ माघ । देशका उच्चव्यक्तित्व प्रति अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न राप्रपा अध्यक्ष कमल थापाले माग गरेका छन् । बिहीबार दिउँसाे सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो माग गरेका हुन् ।

आज दिउँसो आफ्नै निवासबाट गिरफ्तारी दिएकी झाँक्रीलाई महाशाखा लगिएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सर्वत्र विरोध भइरहेकाे छ । यस्तैमा थापाले उनलाइ तत्कार रिहाइ गर्न माग गरेका हुन् ।

‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस् । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!