२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ माघ । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले प्रदेश नं १ का मु्ख्यमन्त्री शेरधन राईले प्रदेश चलाउन नजानेको टिप्पणी गरेका छन् । बिहीबार विराटनगरमा भएको कांग्रेसको सभामा बोल्दै नेता थापाले प्रदेश सञ्चालन गर्न राईलाई नआएको बताएका हुन् ।

शेरधन राई प्रधानमन्त्री केपी शर्मा ओलीको बिग्रेको फोटोकपी भएको आरोप लगाउँदै नेता थापाले भने, ‘प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई केपी ओलीको झुर फोटोकपी हुन्, बिग्रेको फोटोकपी हुन् । शेरधनले प्रदेश सञ्चालन गर्न जानेनन्, प्रदेशको अधिकार बुझेनन् लालबाबु राउत र शंकर पोखरेलले पनि प्रदेश चलाउन जानेनन् ।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको बताए । सनकको भरमा संविधान मिचिएको उल्लेख गर्दै भने, ‘सनकको शिकार भइसक्यौं।संविधानलाई बचाउन सकिएन भने सेटिङको शिकार हुन सकिन्छ।’

आफूलाई अनुकल भएका बेला प्रधानमन्त्रीले नेपालको संविधान देखाउने गरेको बताउँदै थापाले भने, ‘आफूलाई नमिलेको बेला भारत र बेलायतको संविधान देखाउने गरिएको छ ।

यसैगरी थापाले वैशाखमा चुनाव भएमा आफू दाेहार्याएर विराटनगर नआउने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!