काठमाडाैँ, ३० माघ । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली गएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका अनुसार रिष्ठ नेता झलनाथ खनाल खनाल उपचारका क्रममा ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका छन् । उनी केही दिन दिल्लीमा रहने छन्।
शरीर काँप्ने रोगको उपचारका लागि खनाल पहिला चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेको हो । पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता नभएकाले वरिष्ठ नेता खनाल भारत जान लागेको हो ।
अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लागेको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’
यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए। खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।




