२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । नेकपाका वरिष्ठ नेता खनाल उपचारका क्रममा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली गएका थिए ।

बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् ।

खनाल केही दिन दिल्लीमा रहने छन् । शरीर काँप्ने रोगको उपचारका लागि खनाल पहिला चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन् ।  पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता नभएकाले वरिष्ठ नेता खनाल भारत जान लागेको हो ।

यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए। खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!