इनरुवा, १ फागुन । सुनसरीमा वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत् उपयोग गरेको आरोपमा ३५ जना पक्राउ परेका छन् । सूचनाका आधारमा विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले बनाएको योजनामा नेपाल प्रहरी र सशस्त्र तथा विद्युत कार्यालयका कर्मचारीसहितको टोलीले एकासाथ ३५ जनालाई पक्राउ गरी कारवाही चलाएको हो ।
जनही रु ११ हजार ८३० जरिवाना तिराई गरिएको कारवाहीबाट प्राधिकरणले रु तीन लाख ७८ हजार २४० असुलउपर गरेको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।




