
विराटनगर, २ फागुन । मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ-२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठ रहेका छन् ।
शनिबार अपराह्न ४ बजे सुन्दरहरैँचास्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साइकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक धनकुटा साघुँरीगढीका २९ वर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।