२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको प्रचण्ड माधव-नेतृत्वको नेकपाले तेस्रो चरणको कार्यक्रम घोषणा गर्दैछ । राजनीतिक रूपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको हो ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी थप संघर्षका कार्यक्रम घोषणा गर्न लागिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डॉडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ सामाजिक सञ्जाल ट्वीटरमार्फत रिजालले भनेका छन् ।

पुष ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त समूह त्यसको विरोधमा संघर्षरत छ । प्रचण्ड र नेपाल नेतृत्वको नेकपाले ओली सरकारलाई गलाउन देशभरदेखि काठमाडौं केन्द्रित आमसभा गरिसकेको छ । माघ २८ गते विशाल आमसभा गरेसँगै ओली झुक्ने दाबी प्रचण्ड माधव पक्षले गरे पनि ओली भने गलेका छैनन् । ओली शनिवार मात्र बुटवल पुगेर आफ्नो पक्षमा भएको सभामा सहभागी भए ।

आजै निर्वाचन आयोगले निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि दलहरूलाई बोलाएको छ । उता सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मागसहित परेको रिटमा सुनुवाइ जारी छ ।

https://twitter.com/bishnurijal1/status/1360808616287113218

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!