
विराटनगर, २ फागुन । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएकाे छ । अमेरिकी सिनेटमा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको बीबीसीले जनाएकाे छ ।
बीबीसीका अनुसार माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उनी महाअभियोगबाट जोगिएका हुन् ।
गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।
तर, सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो । त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो । तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त भएका हुन् ।