२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, २ फागुन । तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु भएकाे छ । भारतको आन्ध्र प्रदेशमा भएकाे सो दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान चार बजेतिर कर्नुल जिल्लाको मदरपुर गाउँमा सो दुर्घटना भएको हो । तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

‘दुर्घटना भएका बेला सो बसमा १८ यात्रु सवार थिए,’ कुर्नल प्रहरी प्रमुख के फकिराप्पाले एनडीटिभीसँग भने,’ बिहान ४ भेल्दुर्ती मन्डल क्षेत्र, मन्दपुरम नजिक दुर्घटना भएकाे हो ।’

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेका छन्, ‘आन्ध्र प्रदेशमा भएकाे सडक दुर्घटना दुःखदायी छ । यो दुःखको घडी हाे । मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको शुभकामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!