२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  प्रचण्ड-नेपाल पक्षले  प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेको छ । प्रदेश १ सरकारले सोमबार मनाएको आफ्नो तेस्रो वार्षिकोत्सव आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अघोषित रूपमा बहिस्कार गरेको हो ।

सोमबार प्रदेश सरकार गठन भएकाे तीन वर्ष पुगेकाे उपलक्ष्यमा मुख्यमन्त्री कार्यालय विराटनगरमा भएकाे कार्यक्रममा प्रचण्ड-नेपाल समूहका नेता तथा सांसद् उपस्थित भएनन् । त्यसबाहेक नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि सो कार्यक्रममा अनुपस्थित छन् ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहभागी भएन । सरकारले कांग्रेसलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको थियो । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए पनि उनी अनुपस्थित रहे । प्रदेशसभाका सदस्यको उपस्थिति पनि न्यून छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!