काठमाडाैँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) तीन वर्षमा भए/गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेकाे जानकारी दिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने बताए । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए ।
“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११:०० बजे सिहदरबारका तीन मोहडा(उत्तर,पूर्व र दक्षिण) को पुनर्निमाण सम्पन्न भएकोमा समुद्घाटन गर्नुहुनेछ र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा अब सिहदरबार मुख्य भवनबाट संचालन हुनेछ । प्रधानमन्त्रीज्यूले वर्तमान सरकार गठन भएको आजै तीन बर्ष पुगेको अवसरमा त्यहींबाट “तीन बर्षका प्रमुख उपलब्धिहरू”को बारेमा प्रेस ब्रिफिङ गर्नुहुने कार्यक्रम रहेको जानकारी संचारकर्मी मित्रहरूलगायत सबैमा अनुरोध गर्न चाहन्छु,” उनले लेखेका छन् ।