२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ फागुन । मोरङको रतुवामाई नगरपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सोमबार माटो परीक्षण गरिएको हो ।

माटोको उर्वरा शक्ति घट्दै गएपछि परियोजनाले निःशुल्क माटो परीक्षण शुरु गरेको हो । सो परियोजनाअन्तर्गत धान जोन कार्यक्रम सञ्चालन हुँदै आएको नगरपालिकामा माटो परीक्षण गरेर त्यसको उपचार गर्दै उत्पादन बढाउन शिविर आयोजना गरिएको हो ।

१ सय ५ जना किसानले परीक्षणका लागि दिएको माटोमध्ये आज ५० जना किसानले दिएको माटोको परीक्षण सार्वजनिक गरिएको थियो । त्यस अवसरमा परीक्षण सार्वजनिक गर्दै कुन प्रकारको माटोमा कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा समेत किसानलाई सुझाव दिइएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परीक्षण गरिएको अधिकांश माटोमा अम्लीयपन अत्यधिक रहेकाले त्यसको निराकरणका लागि कृषि चुनको प्रयोग गर्न किसानलाई आग्रह गरे । उनले चैते धानलाई विस्तार गर्ने सरकारको नीति अनुसार माटो परीक्षण गरिएको र परीक्षणपछि किसानलाई स्वायल टेष्टकार्ड दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!