२०८२ चैत्र ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
झापा, ३ फागुन । झापाको कनकाई नगरपालिकामा दुई पुरुषले अर्का पुरुषलाई जबरजस्ती करणी गरि घाइते बनाएका छन् । कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा ती दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएको प्रहरीले जनाएको छ ।
गत शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटना शनिबारको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–७ का पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घाइतेको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ ।
प्रहरीले छोड्यो

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुवैलाइ मुद्दा चलाउन नमिल्ने भएपछि छाडिएको डिएसपी थापाले जानकारी दिए । ‘पीडित १८ वर्षमुनिको भए प्रहरीले मुद्दा चलाउन सक्थ्यो । तर ३० वर्षको भएका कारण मुद्दा व्यक्तिवादी बन्यो,’ उनले भने, ‘आरोपीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ, अनुसन्धानका लागि म्याद थप गर्न अदालतले नमानेपछि छुटे ।’

उनका अनुसार अप्राकृतिक करणी भएका कारण पीडित पुरुष आफैँले अदालतमा मुद्दा दायर गरेर लड्नुपर्नेछ । अप्राकृतिक करणीमा परेका पीडित १८ वर्षभन्दा कम भएमात्र प्रहरीले अनुसन्धान गर्नसक्ने कानुनी व्यवस्था रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!