२०७७ फाल्गुन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ४ फागुन । सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने उद्घोष गरेका थिए ।

भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ ल्याइसकेको छ ।

गत असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिमा सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरी मुलुकभित्रैबाट यससम्बन्धी विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अहिले नेपाली दूरसञ्चार सेवा प्रदायक, रेडियो तथा टेलिभिजनले विदेशी स्याटेलाइट प्रयोग गरिरहेका छन् । विदेशी स्याटेलाइटका लागि नेपालबाट वार्षिक अर्बौं रुपियाँ बाहिरिएको छ । दूरसञ्चार सेवाका लागि स्वदेशी स्याटेलाइट भए नेपाली पैसा बाहिरिने क्रम घट्नेछ ।

भू–उपग्रह स्थापनासँगै सन् २०२४ सम्म मुलुकको कुल गार्हस्थ्य उत्पादनमा डिजिटल क्षेत्रको योगदान उल्लेख्य रूपमा वृद्धि हुनेछ । दुर्गम र अति विकट भौगोलिक क्षेत्रका जनतासमक्ष ब्रोडब्यान्ड इन्टरनेट सेवा र प्रसारण सेवाको पहुँच सुनिश्चित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!