
एजेन्सी, ४ फागुन । चीनमा पानी र सलाइन पानीलाई कोभिड-१९ खोपको रूपमा प्रयोग गरेर लाखौँ डलरको कमाएका एक जनालाई पक्राउ गरिएको छ । कङ नाम दिइएका ती व्यक्तिले ५८,००० मात्रा खोप बनाउनुअघि वास्तविक खोपका अनुसन्धान गरेका थिए ।
केही मात्रा खोप चीन बाहिर पनि तस्करी गरिएको भनिएको छ तर ती खोप कुन देशमा लगियो भन्ने प्रष्ट छैन । यस्तै प्रकारका अपराधका चीनमा लागि अन्य ७० जना गिरफ्तार भइसकेको बताइएको छ । बेइजिङले नक्कली खोप बनाउनेहरूमाथि कारबाही गर्ने भनेका बेला यो प्रकरण प्रकाशमा आएको छ ।
गत वर्षको अन्त्यतिर नै यस्ता घटना भएको पाइएको भए पनि विस्तृत जानकारी भने यो हप्ता मात्रै सार्वजनिक गरिएको थियो । एउटा अदालतको आदेशमा जनाइए अनुसार कङ र उनको समूहले पानी र सलाइन पानीलाई कोभिड खोपका रूपमा लगाएर गत अगस्टयता मात्रै २७ लाख अमेरिकी डलर कमाएका छन् ।
अन्य मुलुकमा पठाउनुअघि यस्तै खोपका ६०० मात्रा गत नोभेम्बरमा हङकङमा पनि पठाइएको थियो । वास्तविक उत्पादकबाट ‘भित्री बाटो’ प्रयोग गरेर खोप पाएको भन्दै खोप बिक्री गरिएको थियो । केही अस्पतालमा यस्तै नक्कली खोपहरू महँगो मूल्यमा बिक्री गरिएको पनि बताइएको छ । अरू आरोपितहरूले पनि ‘गाउँका डाक्टर’हरू मार्फत उनीहरूका घर र कारमा नक्कली खोप लगाइदिएका थिए ।
चीनको उच्च अदालतले क्षेत्रीय निकायहरूलाई यस्ता कारबाही रोक्न प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्ष अघि नै १० करोड खोप लगाउने योजना थियो तर अहिलेसम्म चार करोडले मात्रै खोप पाएका छन् । चीनमा कडा लकडाउन परीक्षण र ट्रेसिङबाट कोरोनाभाइरस महामारी नियन्त्रणमा ल्याउने गरिएको छ।