
विराटनगर, ४ फागुन । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ । नेपालमा रहेको कतारी दूतावासका अनुसार अब कतार जाने यात्रुले सूर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् ।
यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।