२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ४ फागनु । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना मगरले उजुरी दिएपछि विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका बस्नेतलाई प्रहरीले मंगलबार काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!