२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ फागुन । नेपाल आयल नियगले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मंगलबार निगमले डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढाएको एक हप्ता नबित्दै निगमले फेरि मूल्य वृद्धि गरेको हो । यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो ।

यस्तै माघ ६ गते पनि मूल्य वृद्धि गरेको निगमले फागुन ४ गतेसम्म एक महिना पनि नपुग्दै तेस्रो पटक मूल्य वृद्धि गरेको हो ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख रुपैयाँ घाटा नै रहने छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ । मूल्य समायोजनपश्चात पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!