२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बैतडी, ५ फागुन । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन् ।

भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायत थिए ।

घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए ।

भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्नप्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्नेकिशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ माअध्ययनरत विद्यार्थी हुन् । मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतकाअनुसार ती किशोरले विद्यालयबाट घर फर्कँदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् । पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भीक बयान दिएका छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कँदा हराएकी थिइन् । भागरथीको शब भोलिपल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!