२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, ४ फागुन । उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलोपटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन् ।

प्राय: किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन् । उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आकलन गरिएको थियो ।

उत्तर कोरिया

दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो । उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन ।

रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!