२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ४ फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले ताला लगाइदिएको छ । प्रतिष्ठानस्थित कल्याण समाजले बुधबार आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

विगत २ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढाउनुपर्ने, नेपाल सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता दिइनुपर्ने, फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्ने, इन्टरनेटमा भएको अनियमितता र विद्युत चोरीमा संलग्नलाई कार्यदलले बुझाएअनुसार कारबाही गर्नुपर्नेलगायत माग राख्दै तालाबन्दी गरेको हो ।

समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!