२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बैतडी, ५ फागुन । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार गरेपछि हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज हत्यामा संलग्न भएकाे आशंकामा दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

आरोपी सार्वजनिक गर्नेक्रमका हत्याको कारणमा प्रहरीले घरायसी बदला भएको बताएको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार अभियुक्तले पुरानो घरायसी रिसइबीका कारण भागरथीको हत्या गरेको भन्दै साविति बयान दिएको बताए ।

‘साविति बयानमा उनले, बुवा बाजेका दिनको पुरानो रिसइवी रहेको बताए’, डीआईजी सुवेदीले भने। प्रहरीले साविति बयान नै घटनाका लागि ठूलो प्रमाण भएको बताए। ‘उनले साविति बयान दिएका छन, उनको मोबाईलको लोकेशन, उसको शरीरमा लागेको सामान्य चोट र प्रत्यक्षदर्शी जस्ता प्रमाण पनि संकलन भएका छन्’, डीआईजी सुवेदीले भने ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् । भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो ।

बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा ११ कक्षामा अध्ययनरत रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!