
सुनसरी, ६ फागुन । सुनसरीमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरी रहेका छन् ।
बुधबार राति पौने १० बजे रामधुनी राजमार्गमा को २ च ३३१२ नम्बरको पिकअप भ्यानले को ३१प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैँचाका दिलबहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।