२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
विराटनगर, ६ फागुन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विराटनगरमा प्रदर्शन गरिएको छ । बिहीबार अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीले क्याम्पसअगाडि विरो प्रदर्शन गरेकाे हो ।
महेन्द्र मोरङ क्याम्पसअगाडि ‘मूल्य वृद्धि फिर्ता गर’, ‘पेट्रोलियम पदार्थमा अनावश्यक मूल्यवृद्धि गराएर जनताको ढाड सेक्ने काम बन्द गरियोस्’, ‘मूल्य वृद्धि खारेज गर’ भन्दै विरोध गरिएको हो ।
सरकारले गत मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य बढाएको एक हप्ता नबित्दै नेपाल आयल निगमले फेरि मूल्य वृद्धि गरेपछि यसको विरोध चाैतर्फी भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!