२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ८ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताएका छन् । नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सो कुरा बताए।

हाम्रो लक्ष्य र मूल उद्देश्य देश, जनता, लोकतन्त्र, सुशासन र विकास हो उनले भने, ‘देश बनाउने अभियानमा आफू नेतृत्वको सरकार र पार्टी रहेकाले यो अभियानमा लामबद्ध हुन म सबैमा आव्हान गर्न चाहन्छु । हाम्रो उद्देश्य वाद प्रतिवादमा अल्झिने होइन, काम गर्ने हो । सुशासन र विकासको काम गर्ने हो ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । देश विकासको अभियानलाई कसैले रोक्न नसक्ने उनले प्रष्ट पारे।

“प्रचण्डले पहिले वैद्यलाई साथ लिनुभयो, फेरि डाक्टरलाई छान्नुभयो, अहिले झाँक्री लिनुभएको छ, त्यसले उहाँलाई बचाउन सक्दैन” अध्यक्ष अ‍ोलीले थपे, “सिद्धिइसकेको प्रचण्डलाई ल्याएर जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहङ्कार चढ्यो, हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । उहाँको नियति असफलता बाहेक केही होइन ।” अझै पनि तपाई फर्किन चाहनुहुन्छ भने फर्केर आउनुस्, जनताको भीडमा मिसिनुस् उनले आग्रह गरे ।  “प्रचण्ड खिइने बाटो, सिद्धिने बाटोमा मिसिनुभयो, भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!