
विराटनगर, ९ फागुन । आज प्रदेश १ को सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दैछ । आज दिउँसो बस्न लागेकाे उक्त बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने प्रदेशसभा सचिवायलको तयारी छ । यता, प्रदेश १ सरकारले भने बैठक अवरुद्ध गर्ने योजना बनाएको छ ।
यसअघि सरकारको अवरोधका कारण दुई पटक अवरुद्ध भएको थियो । नेकपा प्रचण्ड–माधव समूहले बैठक सञ्चालन गर्नुपर्ने बताएको छ ।
