२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने बताउँदै नेता सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट रहेकाे बताए । ‘यसका विरुद्ध देशव्यापी रूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेका छन्, उनले भने ।

उनले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गरे । उनले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हुँदै जाने आशङ्का व्यक्त गरे । पूर्वमन्त्री सिटौलाले सर्वोच्चको फैसलापछि सङ्घीय सरकार गठनका सम्बन्धमा निर्णय हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!