
इटहरी, १० फागुन । भारतबाट अवैध रुपमा बिक्रीका लागि ल्याउँदै गरेका ब्रोइलर कुखुरा बरामद गरिएको छ । आइतबार बिहान करिब ५ बजे इटहरीमा बिक्रीका लागि ल्याउँदै गर्दा उक्त कुखुराहरु बरामद गरिएको हो ।

दुईवटा मोटरसाइकलमा झोलाभित्र राखी ल्याइएका कुखुरा इटहरी प्रहरीले बरामद गरेको हो। मोटरसाइकलसमेत समातिएका कुखुराहरु पशु क्वारेन्टाइन चेकपोस्ट भाण्टाबारी सुनसरीको रोहबरमा नष्ट गरि मोटरसाइकल भन्सार कार्यालय भाण्टाबारीमा बुझाइएको इटहरी प्रहरीले जनाएको छ।
