२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १० फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताएका छन् । आयोगले कार्यतालिकाअनुसार नै काम गरिरहेकाले ढिला नभएको बताउँदै उनले दलसम्बन्धी विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन गराउन आयोगले आफ्नो तयारी तीव्र रूपमा अगाडि बढाएको जानकारी दिए ।

कुनै पनि राजनीतिक दललाई निर्वाचनबाट विमुख नगरिने उनले बताउँदै उनले दलसम्बन्धी विवाद कायम राखी निर्वाचनमा जान हुँदैन भन्नेमा आयोगको स्पष्ट धारणा रहेको बताए ।

आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्दा दलसम्बन्धी विवाद पनि सँगसँगै समाधान गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद आयोगमा अहिले पनि विचाराधीन छ । नेकपाको विवाद कसरी समाधान गर्ने भन्ने टुङ्गो अझै लागेको छैन ।

सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली अद्यावधिक गर्ने, त्यसमा रहेका त्रुटि हटाउनेजस्ता सबै कार्य अन्तिम चरणमा पुगेको छ । मतदाता नामावली र मतदान स्थल एवं मतदान केन्द्रको पुनरवलोकन गर्ने कार्य फागुन २१ गते पूरा गर्ने आयोगको कार्यतालिका हो, त्यो कार्यतालिकाअनुसार नै काम भइरहेको छ । मतदानमा चाहिने मतपेटिकाको मर्मतसम्भार र रङरोगन गर्ने कार्य भइरहेको छ । ती सबै सामग्री तयारी हालतमा राखिएको छ । अब निर्वाचनसम्बन्धी अन्य सामग्री खरिद गर्न योजना तयार भई बोलपत्र आह्वानको अन्तिम तयारी हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!