२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, १० फागुन । देवानगञ्ज गाउँपालिकामा कोरोना भाइरस सन्दर्भमा विद्यालयको सरसफाइ तथा निसंक्रमीकरण अभिमुखीकरण कार्यशाला सम्पन्न भएकाे छ । सोमबार देवानगञ्ज-२ श्री माध्यमिक विद्यालयमा कोरोना भाइरस सन्दर्भमा विद्यालयको सरसफाइ तथा निसंक्रमीकरण अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो ।

कोरियाली आर्थिक सहयाेगी संस्था काेइका आर्थिक सहयाेग तथा युनेस्को, युएनएफडिपिए र युएन वुमनको संयुक्त रुपमा प्राविधिक सहयोग रहेकाे उक्त कार्यशालाको सहजीकरण सेभ द अर्थले गरेकाे हो । कार्यशालामा गाउँपालिका शिक्षा अधिकृत, जनप्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो ।

विद्यालयहरुलाइ सुरक्षित वातावरणमा पुनर्सञ्चालन गर्न, भयरहीत सिकाइकाे वातावरण सिर्जना गर्न सो कार्यशाला आयोजना गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।

उनका अनुसार यो कार्यशाला सुनसरीका तीन नमूना पालिका (देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिका र इनरुवा नगरपालिका) का १२ वटा विद्यालयमा गरिँदैछ । जसमध्ये ९ स्कुलहरुमा कार्यशाला सम्पन्न भइसकेकाे उनकाे भनाइ छ ।

यसैगरी कार्यशालामा नेपाल सरकारको निर्देशिकाअनुसार उपलब्ध गराउनुपर्ने सरसफाइ सामाग्री पनि वितरण गरिएको थियो । प्रत्येक विद्यालयमा १८ हजारसम्मकाे सरसफाइ सामग्री प्रदान गरिएको  भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!