२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक–आपसमा लड्डु खुवाएर खुसियाली मनाएका छन् ।

मङ्गलबार चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड–माधवले एकार्कालाई लड्डु खुवाएर खुसियाली मनाएका हुन् । बुधबार हुने आमसभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड–माधव त्यही जम्मा भएका नेता कार्यकर्ताहरुबीचमा लड्डु साटासाट गरेका थिए ।

मङ्गलबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने निर्णय गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!