२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ फागुन । सर्वोच्च अदालतको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो ।

सर्वोच्चको यस फैसलाले सर्वत्र खुसी छाएको छ । विभिन्न स्थानमा दीप प्रज्वलन भएको छ । सबैले यस विषयमा टीका टिप्पणी दिइरहेका छन् । यस्तैमा प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अदालतको आजको निर्णय ऐतिहासिक भएको बताएका छन् ।

उनले सर्वोच्चको निर्णय संविधानको मर्म र भावनाअनुसारको निर्णय भएको बताउँदै फेरि एकपटक विधिको शासनको जित भएको बताएका छन् । ‘सम्मानित सर्बोच्च अदालतको आजको ऐतिहासिक निर्णय, संविधानको मर्म र भावनाअनुसार निर्णय भएको छ । फेरि एकपटक विधिको शासनको जित भएको छ र सम्पूर्ण जनताको जित भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!