२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३  फागनु । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् ।

गतहप्ता फेसबुकले सबै समाचार सामाग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफल पछि सो निर्णयलाई उल्टाएको थियो । सो छलफल पछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नवाउने खालका प्रावधानः राखिएको छ ।

तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिवद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!